संसदमा श्रम संस्कृति आज पनि विरोध, प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान - Chaitanya News
  • 2026-07-05
  • 15:17:40
  • आइतबार,आषाढ २१, २०८३
  • संसदमा श्रम संस्कृति आज पनि विरोध, प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान

    संसदमा श्रम संस्कृति आज पनि विरोध, प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान

    काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले निरन्तर विरोध गर्दै आएका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए मार्ग प्रशस्त गर्दा राम्रो हुने बताएका छन्।

    प्रतिनिधि सभाको बिहीबारको बैठक सुरु हुने बित्तिकै आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाएपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका थिए।

    सांसद राईले संसद् नियमावलीमा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने भए पनि वैशाख २८ गते राखेका प्रश्नको जवाफ आफूहरूले अझसम्म नपाएको बताए।

    उनले गृह र रक्षा मन्त्रालय प्रधानमन्त्री शाहले राखेकाले आफूहरूले उठाएका लिपुलेकको सीमा र सुरक्षासम्बन्धी प्रश्नका जवाफ प्रधानमन्त्री शाह स्वयं प्रतिनिधि सभामा आएर दिनुपर्ने बताए।

    जेठ ४ गतेदेखिका प्रतिनिधि सभाको बैठकमा उनले निरन्तर आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै आएका छन्। त्यसलाई आजलाई पनि निरन्तरता दिएका हुन्।