चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1063 of 1156
  • 2026-11-23
  • 21:58:21
  • सोमबार,मंसिर ०८, २०८३

About Author

प्रधानमन्त्री देउवालाई जसपा उम्मेदवारको समर्थन

डडेलधुरा– जनता समाजवादी पार्टी डडेलधुराका प्रतिनिधि सभा सदस्यका उम्मेदवारले प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गरेको छ। डडेलधुरामा जसपाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारी दिएका श्याम सिनालले आफ्नो उम्मेदवारी निष्कृय गरी सत्ता साझेदार गठबन्धनका साझा उम्मेदवार देउवालाई समर्थन गर्ने घोषणा गरेका हुन। उनले भनेका छन, “आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा ज.स.पा. डडेलधुराबाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फको उम्मेदवार म श्याम सिनालले आफ्नो उम्मेदवारीलाई पूर्ण रूपमा निष्क्रिय गर्दै वाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्दछु।” उनले प्रदेश सभा (क) प्रत्यक्षतर्फ उम्मेदवार खगराज भट्ट तथा प्रदेश सभा क्षेत्र नं. (ख) प्रत्यक्ष तर्फका उम्मेदवार गोविन्दराज बोहरालाई समर्थन गरी सहयोग गर्ने बताएका छन।  

News by प्रधानमन्त्री देउवालाई जसपा उम्मेदवारको समर्थन :