१) काठमाडौंको डिल्लीबजारमा रहेको चारखाल अड्डा कसको पालामा स्थापना भएको थियो ?
(A) भीमशमशेर (B) पद्मशमशेर (C) चन्द्रशमशेर (D) देवशमशेर
२) भावर प्रदेशका बारेमा निमन कथन अध्ययन गरी सही जवाफ दिनुहोस् ।
(१) खास तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा अवस्थित छ ।
(२) फोस्रो र वालुवायुक्त माटोले बनेको छ ।
(३) यसको अवस्थिति पाँच सय मीटरसम्मको उचाइमा सिमित छ ।
(४) भावरको पेटीमा चारकोशे झाडी अवस्थित छ ।
A) १ र २ ठीक B) १ र ३ ठीक C) १, २ र ४ ठीक D) १, ३ र ४ ठीक
३) लुम्बिनीलाई विश्व सांस्कृतिक सम्पदासूचीमा कहिले सूचीकृत गरिएको थियो ?
(A) सन् १९७२ (B) सन् १९७९ (B) सन् १९८४ (D) सन् १९९७
४) नेपालको पहिलो विशेष आर्थिक क्षेत्र (SEZ) कुन जिल्लामा सञ्चालनमा छ ?
(A) मोरङ (B) पर्सा (C) बाँके (D) रुपन्देही
५) निम्न लिखित कथनहरूमा कुन कुन सही छ/छन् ?
१. नेपाली वास्तुकलामा काठमाडौंको पशुपतिनाथको मन्दिर प्यागोडा शैलीको एउटा उत्तम उदाहरण हो ।
२. मगर भाषा भारोपेली भाषिक परिवार भित्र नपर्ने भाषा हो ।
३. दमाहा पञ्चेबाजा अन्तर्गत पर्दैन ।
४. घाटु नाच र तबरी नाच क्रमशः गुरूङ समुदाय र गन्धर्व समूहमा मनाइन्छ ।
(A) १, २, ३ र ४ (B) १, २ र ४ (C) १, २ र ३ (D) १ र ४
६) एक अर्काको ऐनामा देखिने प्रतिबिम्ब हुने आकार भएका महादेशहरू कुन कुन हुन् ?
(A) उत्तर अमेरिका र दक्षिण अमेरिका (B) एसिया र अफ्रिका
(C) एसिया र युरोप (D) अफ्रिका र दक्षिण अमेरिका
७) निम्न धर्मका बारेमा विचार गर्नुहोस् ।
१. जैन धर्मको विरोध मूर्तिपूजा हो ।
२. शिखधर्मको विरोध गृहस्थी छाडेर जङ्गलमा तपस्या गर्ने हो ।
३. बोन धर्मको विकास भारतमा भएको हो ।
माथिका भनाईहरू कुन–कुन ठीक हुन् ?
A) १ र २ मात्र (B) २ र ३ मात्र (C) १ मात्र (D) १ र ३ मात्र
८) नेपालको प्रथम र अन्तिम राष्ट्रिय विभूति को हुन् ?
A) गौतम वुद्ध र फाल्गुनन्द B) अरनिको र फाल्गुनन्द
C) जनक र फाल्गुनन्द D) राम शाह र फाल्गुनन्द
९) निम्नलिखित नेपाल इतिहासका घटनाहरूबारे विचार गर्नुहोस् । तल दिइएको कोड प्रयोग गरी ती घटनाहरूलाई सही काल क्रमअनुसार क्रममा राख्नुहोस ।
१. नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएको ।
२. नेपालमा पहिलो जनगणना गरिएको ।
३. नेपालमा कागजी नोटको प्रकाशन÷प्रचलन ।
A) a–b–c B) b–c–a C) c–b–a D) b–a–c
१०) सुर्मासरोवर कुन जिल्लामा पर्दछ ?
A) डोटी B) बझाङ C) बाजुरा D) डडेलधुरा
११) प्रतिनिधि सभाका कति सदस्यले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न सक्ने व्यवस्था रहेको छ ?
A) एक चौथाई B) दुई तिहाई C) सत प्रतिशत D) माथिको कुनै पनि होइन
१२) निम्न लिखित कथनहरूबारे विचार गर्नुहोस् ।
१. इसिमोडले समेट्ने हिन्दकुश क्षेत्रका देशहरूमा नेपाल पर्दैन ।
२. नेपालले रामसार सन्धीमा सन् १९८७ मा हस्ताक्षर गरेको थियो ।
३. क्योटो घोषणापत्र सन् १९९८ मा पारित भएको हो ।
माथि उल्लेखित कथनहरूमा कुन ठीक हो/हुन् ?
(A १ र २ मात्र (B) २ र ३ मात्र (C) २ मात्र (D) ३ मात्र
१३) दिइएको मध्ये विश्व दिगो विकासको १२ औं लक्ष्य कुन हो ?
A) देशभित्रै वा देशहरुबीच रहेको असमानतालाई न्यून गर्ने
B) शहरहरुलाई समावेशी, सुरक्षित, सबल र दिगो बनाउने
C)दिगो उपभोग तथा उत्पादनको ढाँचा सुनिश्चित गर्ने
D) जलवायु परिवर्तन तथा यसका प्रभावहरु विरुद्ध लड्न तत्काल कार्यवाही थाल्ने
१४) सर्वोच्च अदालतको न्यायाधिश हुन अधिवक्ता वा न्यायसम्बन्धी क्षेत्रमा कति वर्ष काम गरेको हुनुपर्छ
A) ५ वर्ष B) १० वर्ष C) १५ वर्ष D) १८ वर्ष
१५) फोब्र्स पत्रिका अनुसार नेपालका अर्बपति विनेद चौधरी सन् २०२१ मा २१४१ औं स्थानमा रहेका थिए भने सन् २०२२ को अर्र्बपति सूचीमा कति औं स्थानमा रहेका छन् ?
A) २१४० औं B) २१३७ औं C) २१३५ औं D) २१३८ औं