चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 211 of 1165
  • 2026-11-27
  • 16:39:57
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

आजको मौसमः यी चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल ताथ मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। हाल देशभर साधरणतया बादल लागेको छ। बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। यस्तै, आज दिउँसो देशभर साधरणतया बादल लाग्ने छ। देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यसैगरी महाशाखाका अनुसार, आज राति पनि देशभर साधरणतया बादल रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। साथै, पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने छ। महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

News by आजको मौसमः यी चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना :