चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1112 of 1115
  • 2026-10-14
  • 10:35:02
  • बुधबार,आश्विन २८, २०८३

About Author

शेयर बजार घटाउन र बिगार्न दिँँदैनौः अर्थमन्त्री शर्मा

कर्जा खबर, काठमाडौं अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शेयर बजार बिगार्न र घटाउन नदिने प्रतिवद्दता जाहेर गरेका छन् । शेयर लगानीकर्ताहरुसँगको भेटमा अर्थमन्त्रीले उक्त प्रतिबद्ता जनाएका हुन् । ‘ढुक्क हुनुहोस शेयर बजार  घटाउन र बिगार्न दिँदैनौं,’ अर्थमन्त्रीसँगको भेटपछि नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले अर्थमन्त्रीको भनाइलाई उदृत गदैं भने, ‘केन्द्रीय बैंकले मार्जिन ल्यान्डिङमा कडाइ गर्न खोजेको थियो, तर त्यसमा कडाइ गर्न दिएनौं ।’ प्रतिव्यक्ति १२ करोड भन्दा बढी ऋण दिन नपाउने व्यवस्थाले बजारलाई खासै फरक नपार्ने भएकाले यस्तो व्यवस्था गरेकाे हुनुपर्छ । माैद्रिक नीतिमा गरिएकाे व्यवस्थाले बजारलाई असर पार्ने काम गरे सच्चाउने प्रतिबद्धता पनि अर्थमन्त्रीले दिएको रौनियारले बताए । गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको थियो । त्यसपछिको पहिलो शेयर कारोबार भएको दिन आज  घटेको छ ।

News by शेयर बजार घटाउन र बिगार्न दिँँदैनौः अर्थमन्त्री शर्मा :