चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 937 of 1152
  • 2026-11-22
  • 10:56:12
  • आइतबार,मंसिर ०७, २०८३

About Author

घट्यो कर्मचारीको खाजा समय, अब आधा घण्टामात्रै

काठमाडौँ -  सरकारी कर्मचारीले खाजाका लागि अब आधा घण्टा मात्रै समय पाउने भएका छन् । यो प्रयोजनका लागि एक घण्टा समय दिइँदै आएकोमा त्यसलाई घटाएर आधा घण्टामा झारिएको हो । यसअघिको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णय राजपत्रमा प्रकाशित हुन भने बाँकी छ । यसमा समेटिएपछि देशभरका सरकारी कार्यालयमा नयाँ नियम लागू हुनेछ । कर्मचारीको खाजा समयलाई लिएर यसअघि आलोचना हुँदै आएको थियो । यसैलाई मध्यनजर गरेर सरकारले यस्तो निर्णय लिएको हो । यो निर्णय कार्यान्वयनपछि सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।