चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 78 of 1152
  • 2026-11-22
  • 09:30:44
  • आइतबार,मंसिर ०७, २०८३

About Author

यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

काठमाडौँ– शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ देशमा नेपाली राजदूत नियुक्तिका लागि सिफारिससहित विभिन्न चार वटा निर्णय गरेको छ। बैठकले राजदूतमा सिफारिस नामहरू संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय समेत गरेको छ। सरकारले भारतका लागि डा। निश्चल नाथ पाण्डे, चीनका लागि डा। कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जङ्गबहादुर राणा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञान कुमार थापा, ओमानका लागि डा.पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा.सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा। मंचला झा र साउदी अरेबियाका लागि गिरि बहादुर सुनारलाई राजदूत पदमा नियुक्त गर्न सिफारिस गरेको हो। बैठकले नेपाल नागरिकता ९पाँचौँ संशोधन० नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। त्यसैगरी साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने र सहसचिव रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ।

News by यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय :