चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1096 of 1102
  • 2026-10-06
  • 04:15:01
  • सोमबार,आश्विन १९, २०८३

About Author

हेटौंडा१५ रातोमाटेमा चार सवारी साधन ठोक्किदा दुई दर्जन घाइते

हेटौंडा– पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेमा आज सोमबार बिहान सवारी दुर्घटना हुँदा दुई दर्जन व्यक्ति घाइते भएका छन्। चारवटा सवारी साधन आपसमा ठक्कर खाँदा विद्यार्थीसहित दुई दर्जन व्यक्ति घाइते भएका हुन्। ना ५ ख ६२४४ नम्बरको ट्रकले रिलायन्स बोर्डिङको विद्याथी बोकेको बसलाई ठक्कर दिएको मकवानपुर प्रहरीले जनाएको छ। उक्त ट्रकले पुनः हेटौंडाबाट पथलैया जाँदै गरेको लु १ ख ४३७० नम्बरको ट्यांकरलाई ठक्कर दिँदा ट्यांकर पल्टिएर बा ७ च ९४०४ नम्बरको कारलाई थिचेको थियो। त्यसपछि पुनः ट्रकले रोकिराखेको प्रदेश २–०३–००१ ख २५०६ नम्बरको ट्रकलाई ठक्कर दिएको मकवानपुर प्रहरीले जनाएको छ। घाइतेहरूको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

News by हेटौंडा१५ रातोमाटेमा चार सवारी साधन ठोक्किदा दुई दर्जन घाइते :