चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1074 of 1105
  • 2026-10-07
  • 12:45:38
  • बुधबार,आश्विन २१, २०८३

About Author

झापा १ मा उम्मेदवार बन्‍ने निधो छैन : शर्मा

काँकडभिट्टा— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवार वन्ने निधो गरिनसकेको प्रस्ट पारेका छन्। क्षेत्रीय समितिले झापा १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको भोलिपल्ट शर्माले उक्त धारणा राखेका हुन्। ‘पार्टीको नगर, क्षेत्र, प्रदेश र केन्द्रीय नेताहरुले तपाईं नै उम्मेदवार बन्नु पर्छ भनिसक्नुभएको छ,’ शुक्रबार पूर्वोत्तर झापाको बाहुनडाँगीमा आयोजित एक सभालाई सम्बोधनका क्रममा शर्माले भने, ‘तर, मैले आफै उम्मेदवार बन्ने कुरा भने निधो गरेको छैन। केही गरौंला, नेतृत्वमा पुगौला, सिंहदरबारको मुहार फेरौला भन्ने आकांक्षा आफूमा भए पनि उम्मेदवारको विषयमा सोचविचारमै रहेको शर्माले बताए। ुदुई पटक उम्मेदवार भइसकेको मान्छे, साथीहरुलाई विकल्पमा पालो पो दिनु पर्छ कि अथवा अन्य भूगोल पो जानु पर्छ कि या मतदाताको मनोभाव नबुझी हाम फाल्नु पो हुँदैन कि? भन्ने सोच, विचार र विश्लेषणमा छु उनले भने। उनले गठबन्धन दलहरुसँगको सम्वादपछि मात्रै उम्मेदवारीबारे उचित निर्णयमा पुग्ने बताए।

News by झापा १ मा उम्मेदवार बन्‍ने निधो छैन : शर्मा :