प्रचण्डले गरे मतदान : भने - निर्वाचन पछि गठबन्धनको सरकार बन्छ - Chaitanya News
  • 2026-04-22
  • 01:40:55
  • मंगलबार,बैशाख ०८, २०८३
  • प्रचण्डले गरे मतदान : भने – निर्वाचन पछि गठबन्धनको सरकार बन्छ

    प्रचण्डले  गरे मतदान :  भने  – निर्वाचन पछि गठबन्धनको सरकार बन्छ

    काठमाडौं –  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीका लागि गठबन्धन नटुट्ने बताएका छन्।

    चितवनको भरतपुर महानगरपालिका–१४ स्थित प्रहरी स्कुल शिवनगरमा मतदान गरेपछि दाहालले निर्वाचन पछि सजिलैसंग प्रधानमन्त्री चुनिने दाबी गरे।

    ‘मैले सार्वजनिक कार्यक्रममा भन्दै आएको छु। प्रधानमन्त्रीका कारण गठबन्दन टुट्दैन। जबसम्म संविधान माथि, सुशासन र समृद्धिको यात्रामाथि प्रश्न चिन्ह् रहन्छ तबसम्म गठबन्धन जारी रहन्छ, उनले भने।

    तर, उनले प्रधानमन्त्री को हुन्छ भन्ने विषय भने खुलाएनन्। ‘प्रधानमन्त्रीका उम्मेदवार त धेरै छन्। नेपाली कांग्रेसभित्र पनि शेरबहादुर देउवा जिदेखि लिएर गगन थापा लगायतका थुप्रैले दाबी गरिराखेकै छन्। त्यसकारण अहिले हामीले प्रधानमन्त्रीको टुंगो लगाएका छैनौँ गठबन्धनभित्र यो निर्वाचन सकिएपछि हुन्छ। मैले पनि सबैतिर भनेको छु प्रधानमन्त्री हाम्रो लागि समस्याको विषय हुँदैन,’ उनले भने ‘आरामसंग त्यसलाई हल गरिन्छ।’

    उनले निर्वाचन पछि सरकार गठबन्धनकै बन्ने दाबी गरेका छन्। ‘देशैभर चुनावी प्रचारमा सबैभन्दा बढी म नै हिडेको छु। निर्वाचनको हाम्रो पक्षमा माहोल छ,’उनले भने, ‘गठबन्धनकै सरकार बन्छ।’ यो निर्वाचनले देशमा विकास र समृद्धिको नयाँ प्रकृया तर्फ लाने विश्वास उनको छ। चितनव छोडेर गोरखा पुगेका दाहालले चितवनको विकासका लागि लाग्ने बताए।