आजको मौसम पूर्वानुमान : पश्चिमी वायुको सामान्य प्रभाव - Chaitanya News
  • 2026-06-11
  • 15:08:17
  • बिहिबार,जेठ २८, २०८३
  • आजको मौसम पूर्वानुमान : पश्चिमी वायुको सामान्य प्रभाव

    आजको मौसम पूर्वानुमान : पश्चिमी वायुको सामान्य प्रभाव

    काठमाडौं – अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ। मंगलबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ ।

    तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट जोगिन महाशाखाले अनुरोध गरेको छ।