प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान - Chaitanya News
  • 2026-06-11
  • 16:53:52
  • बिहिबार,जेठ २८, २०८३
  • प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

    प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

    काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान गरेका छन् । भक्तपुरस्थित युनिक नेपाल एकेडेमी लोकन्थलीबाट उनले मतदान गरेका हुन् ।

    देशभर आइतबार शुरु भएको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् ।

    ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । मतदानमा उत्साहप्रदरुपमा मतदाता सहभागी छन् ।