चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 10 of 1164
  • 2026-11-27
  • 15:41:05
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

मोदीसँगको भेटपछि भारतीय राष्ट्रपति मुर्मुसँग पनि भेटे प्रधानमन्त्री बालेन

काठमाडौं — भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय छलफल तथा विभिन्न समझदारी गरेपछि प्रधानमन्त्री शाहले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन्। सोमबार भएको भेटअघि प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीसँगको द्विपक्षीय भेटवार्तामा सहभागी भएका थिए। उक्त भेटका क्रममा नेपाल र भारतबीच विभिन्न विषयमा समझदारीसमेत भएको थियो। त्यसपछि प्रधानमन्त्री मोदीको आयोजनामा आयोजित दिवा भोजमा सहभागी भएका शाहले लगत्तै भारतीय राष्ट्रपति मुर्मुसँग भेटवार्ता गरेका हुन्। आइतबार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री शाहले भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाट र द्विपक्षीय छलफललाई अघि बढाएका छन्। दुई देशबीचका भेटवार्ता तथा कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

News by मोदीसँगको भेटपछि भारतीय राष्ट्रपति मुर्मुसँग पनि भेटे प्रधानमन्त्री बालेन :