चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 832 of 1153
  • 2026-11-22
  • 13:33:36
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सुदूरपश्चिममा मन्त्रालयको भागबण्डा मिल्यो, कुन दलले कति मन्त्रालय पाए?

काठमाडौं- सुदूरपश्चिम प्रदेशका सत्ता साझेदार दलहरुबीच मन्त्रालयहरुको भागबण्डामा सहमति जुटेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीबीच मन्त्रीहरुको भागबण्डामा सहमति जुटेको हो। सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले मुख्यमन्त्रीका अतिरिक्त २ मन्त्री र १ राज्यमन्त्री पाउने भएको छ। यस्तै, माओवादी केन्द्रले २ मन्त्री र १ राज्यमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीले १ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति भएको हो। माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता खगराज भट्टले मन्त्रालयहरुको भागबण्डाको सहमति जुटेकाले शुक्रबार नै सरकार विस्तारको तयारी भइरहेको जानकारी दिए। माओवादी केन्द्रले कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट बहादुर साउदलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको छ। यस्तै, समानुपातिक सांसद गीतादेवी माललाई राज्यमन्त्रीमा सिफारिस गर्ने निर्णय भएको छ। कांग्रेसले भने मन्त्रीहरुको नाम टुंग्याउन सकेको छैन। नागरिक उन्मुक्ति पार्टीले यसअघि लक्ष्मणकिशोर चौधरी र रामेश्वर चौधरीलाई सरकारमा पठाउने तयारी गरेकोमा एउटा मात्रै मन्त्रालय पाएका कारण कसलाई पठाउने भन्ने निर्णय हुन बाँकी छ। मन्त्रालयको भागबण्डा टुंगिएसँगै मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। उनको पार्टी नेपाली कांग्रेसले मन्त्रीहरुको टुंगो लगाए सम्भवत: शुक्रबार नै मन्त्रिपरिषद् विस्तार हुने नेताहरुको भनाइ छ। कांग्रेस संसदीय दलका नेता शाह गत माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

News by सुदूरपश्चिममा मन्त्रालयको भागबण्डा मिल्यो, कुन दलले कति मन्त्रालय पाए? :