चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 634 of 1153
  • 2026-11-23
  • 09:09:04
  • सोमबार,मंसिर ०८, २०८३

About Author

शान्ति प्रक्रियामा तपाईंहरु एक्लै हुनुहुन्न : महासचिव एन्टोनियो गुटेरेस

काठमाडौं– संयुक्त राष्ट्रसंघमा महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रियामा भइरहेको प्रगतिबारे सन्तोष व्यक्त गरेका छन्। आज (मंगलबार) संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा बोल्दै उनले शान्ति प्रक्रियाको अन्तिम चरणमा नेपाल रहेको, संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने प्रयासमा नेपाल एक्लै नरहेको भन्दै आफूहरुको सद्भाव रहेको बताए। ‘शान्ति र प्रगतिको यात्रामा तपाईंहरु एक्लै हुनुहुन्न । नेपाली नेतृत्वसँग राष्ट्रसंघ सँगै छ’, महासचिव गुटेरेसले भने, ‘संक्रमणकालीन न्यायमा पीडितकेन्द्रित प्रक्रिया अवलम्बन गर्न, अन्तर्राष्ट्रिय मापदण्ड पछ्याउन र तपाईंहरुको यहाँको कानुनी व्यवस्थालाई ध्यान दिने मेरो विश्वास छ।’ गुटेरेसले संसारले व्यहोरेको जलवायु परिवर्तनको चुनौती नेपालले समेत झेल्नुपरेको आफ्नै आँखाले देखेको बताए। सगरमाथा आधारशिविरदेखि विभिन्न ठाउँमा गएर आफूले जलवायु संकट देख्न पाएको उनले सुनाए। ‘जलवायु परिवर्तनले विश्व नै आक्रान्त बनिरहेका बेला नेपालले चालिरहेका प्रयासको म सराहना गर्छु’, गुटेरेसले भने, ‘वनविनाश हुन नदिइकन भइरहेका संरक्षण प्रयासहरुले सकारात्मक प्रभाव पार्नेछन्। हिमालहरुमा सूर्यको प्रकाश देख्न पाइरहनेछौं भन्ने आशा छ।’ गुटेरेसले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा उल्लेख्य योगदान दिने देशमध्ये नेपाल अग्रपंक्तिमा पर्ने भनी प्रशंसा गरे । उनले विश्वमा शान्ति स्थापनाका क्रममा विभिन्न मुलुकमा कर्तव्य पालनाका सिलसिलामा ज्यान गुमाउने नेपाली सेना, प्रहरी लगायत योद्धाहरुको सम्झनामा एक मिनेट मौनधारण आह्वान गरे। गु

News by शान्ति प्रक्रियामा तपाईंहरु एक्लै हुनुहुन्न : महासचिव एन्टोनियो गुटेरेस :