चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 526 of 1153
  • 2026-11-23
  • 08:57:08
  • सोमबार,मंसिर ०८, २०८३

About Author

सशस्त्र प्रहरीद्वारा भन्सार छलीको सामानबाट ११ करोड बढी राजस्व संकलन

कञ्चनपुर– सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणले आर्थिक वर्ष २०८१–८२ मा भन्सार छलीको सामानबाट रु. ११ करोड ३२ लाख ७६ हजार ८७५ बराबरको राजस्व संकलन गरेको छ। सशस्त्र प्रहरीले अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै तीन गुणा बढी राजस्व संकलन गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण झरालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्रदेव भट्टले अघिल्लो आवको तुलनामा अवैध रूपमा भन्सार छली चोरी नेपाल भित्र्याएका भन्सार छलीका सामान बरामद गरी कारबाही लागि भन्सार कार्यालय बुझाएको जानकारी दिए। उनका अनुसार आव २०८०र ८१ मा रु चार करोड ७६ लाख ७९ हजार ४०० बराबरको भन्सार छलीका सामान बरामद गरिएको थियो। “सिमानाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रणमा कठाइ गरेका छौँ”, सशस्त्र प्रहरी उपरीक्षक भट्टले भने, “अघिल्लो आवको तुलनामा झण्डै तेब्बर मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेका छौँ ।” उनले कञ्चनपुर जिल्लामा सिमानाकामा १८ वटा विओपी पोष्ट र तीन वटा सुरक्षा गुल्म रहेको बताए।

News by सशस्त्र प्रहरीद्वारा भन्सार छलीको सामानबाट ११ करोड बढी राजस्व संकलन :