यस्तो रहनेछ आज देशभरको मौसम - Chaitanya News
  • 2026-05-02
  • 22:54:41
  • शनिबार,बैशाख १९, २०८३
  • यस्तो रहनेछ आज देशभरको मौसम

    यस्तो रहनेछ आज देशभरको मौसम

    काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ ।

    आज दिउँसो देशभर अधिकांश बदली रहने छ। कोशी र मधेस प्रदेशका केही स्थान तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

    यस्तै महाशाखाका अनुसार, आज राति देशभर अधिकांश बदली रहनुका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।