चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 854 of 1166
  • 2026-11-29
  • 11:40:38
  • आइतबार,मंसिर १४, २०८३

About Author

कर्नाटकामा कंग्रेस आईलाई बहुमत

काठमाडौं- कर्नाटको विधानसभा निर्वाचनमा कंग्रेस आईले बहुमत पाएको छ। शनिबारदेखि सुरू भएको मतगणनाको अन्तिम परिणामअनुसार विधानसभाको १३६ सिट जित्दै कंग्रेसले सत्तामा पुनरागमन गरेको हो। कर्नाटका विधानसभामा २२४ सिट छन्। बहुमतको सरकार बनाउन कम्तिमा ११३ सिट आवश्यक पर्नेमा १३६ सिट जितेको कंग्रेसले अब प्रदेशमा एकल बहुमतको सरकार बनाउनेछ। टाइम्स अफ इन्डियाका अनुसार कर्नाटकामा कंग्रेसको जित १९८९ पछिको सबैभन्दा ठूलो जित हो। यहाँ अघिल्लो निर्वाचनमा १०४ सिट जितेको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) यसपालि ६५ सिटमा खुम्चिएको छ। भारतका विभिन्न राजनीतिज्ञहरूले कर्नाटकामा भाजपाको हारलाई प्रधानमन्त्री नरेन्द्र मोदीको हार भनेका छन्। लगातार दुई कार्यकाल सत्ता चलाइरहेका मोदीलाई कर्नाटकाको चुनावी परिणामले ठूलो धक्का लागेको छ। कर्नाटकामा भाजपा पराजय हुनुको सम्पूर्ण जिम्मेवारी लिँदै मुख्यमन्त्री बासवराज बोम्माईले राजीनामा दिएका छन्।