काठमाडौं- काठमाडौं महानगरपालिकाले एक फोनकलको भरमा नगरवासीलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।
महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै यो सेवाको विषयमा जानकारी दिएका हुन्।
उनका अनुसार काठमाडौंको कुनै पनि स्थानमा एम्बुलेन्सको आवश्यकता परे महानगरको आकस्मिक नम्बर १०२ मा कल गर्न सकिनेछ।
‘काठमाडौंभर नै २४ घन्टा नै १०२ मा कल गरेर Free Ambulance Service लिनु सक्नुहुन्छ,’ उनले लेखेका छन्, ‘यो सुविधा प्रयोग गरेवापत कुनै शुल्क तिर्नपर्ने छैन।’