नेपालमा थपिए ३७ कोरोना संक्रमित - Chaitanya News
  • 2026-05-02
  • 22:34:37
  • शनिबार,बैशाख १९, २०८३
  • नेपालमा थपिए ३७ कोरोना संक्रमित

    नेपालमा थपिए ३७ कोरोना संक्रमित

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४७ जनामा पीसीआर परीक्षण गर्दा ११ जना र दुई हजार १६७ जनामा एन्टिजेन परीक्षण गर्दा २६ जना गरी ३७ जनामा कोरोना पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको मृत्यु भएको छैन। सोही समयमा १४ जना कोरोना संक्रमण मुक्त भएका छन्। हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १२६ रहेको छ।