चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 815 of 1167
  • 2026-11-29
  • 15:36:55
  • आइतबार,मंसिर १४, २०८३

About Author

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं- बाल सेना दुरुपयोग लगायत आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज (मंगलबार) सुनुवाइ हुँदै छ। पूर्व अयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ हुन लागेको हो। माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ। द्वन्द्वकालीन घटनासँग जोडिएर प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएको यो दोस्रो रिट हो। यसअघि द्वन्द्वकालमा मारिकामध्ये ५ हजारको जिम्मा आफूले लिने भनेको सन्दर्भमा कारबाहीको माग गर्दै प्रचण्डविरुद्ध दायर भएको रिट सर्वोच्चमा विचाराधीन छ। उक्त रिटमा लिखित जवाफ मागिएको छ।

News by प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै :