चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1113 of 1160
  • 2026-11-25
  • 22:47:29
  • बुधबार,मंसिर १०, २०८३

About Author

कास्कीमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

कास्की – कास्कीको पोखरा महानगरपालिका– ३० शिशुवामा हिजो साँझ माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेका पोखरा महानगरपालिका– ३१ मोहरियाका ७८ वर्षीया देवकला बन्जरा रहेकी छन्। हिजो साँझ सवा ६ बजे ग१ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ। माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

News by कास्कीमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु :