असोज १ देखि काठमाडौंमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध - Chaitanya News
  • 2026-04-18
  • 07:16:21
  • शनिबार,बैशाख ०५, २०८३
  • असोज १ देखि काठमाडौंमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

    असोज १ देखि काठमाडौंमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

    काठमाडौं– काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज १ गतेदेखि धूमपान निषेध गरेको छ।

    बिहीबार सूचना निकालेर महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस प्रकारका पदार्थ सेवन गर्न निषेध गरेको हो।

    कानुन, सदाचार र सार्वजनिक हितका दृष्टिले महानगरलाई धूमपान तथा सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र बनाउन सूचना जारी भन्दै अटेर गर्नेलाई कारबाही गर्ने चेतावनी पनि दिइएको छ।

    सार्वजनिक स्थललाई धूमपान र सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र घोषणा बनाउने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ।

    हेर्नुहोस् महानगरपालिकाको सूचना–