चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 974 of 1152
  • 2026-11-22
  • 09:15:43
  • आइतबार,मंसिर ०७, २०८३

About Author

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि हरियो तरकारी तथा फलफूलको मूल्य तोकेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अदुवा ८०, नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ७० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु २८ रुपैया, सेतो आलु २० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, कागती ११० रुपैयाँ, किवि र अकबरे खुर्सानी ३०० रुपैयाँ कायम रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्यूनतम तोकेको मूल्य हो । लोकल गाँजरको औसत मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, टनेल सानो गोलभेडा १० रुपैयाँ , राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग ८० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ४० रुपैयाँ, हरियो प्याज ११० र हरियो धनियाँ ८० रुपैयाँ रहेको छ । ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा र मंगुरी २६० रुपैयाँ र रहु माछा ३६० रुपैयाँ केजीमा पाइन्छ ।

News by यस्तो छ आजको तरकारी र फलफूलको मूल्य :