गृहमन्त्री पद गुमेपछि दौडधुपमा रवि लामिछाने, प्रधानमन्त्री भेट्न पुगे बालुवाटार - Chaitanya News
  • 2026-11-20
  • 15:28:50
  • शुक्रबार,मंसिर ०५, २०८३
  • गृहमन्त्री पद गुमेपछि दौडधुपमा रवि लामिछाने, प्रधानमन्त्री भेट्न पुगे बालुवाटार

    गृहमन्त्री पद गुमेपछि दौडधुपमा रवि लामिछाने, प्रधानमन्त्री भेट्न पुगे  बालुवाटार

    काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार बिहान पूर्व गृहमन्त्री समेत रहेका लामिछाने प्रधानमन्त्री निवास पुगेका हुन् ।

    सर्वोच्च अदालतले नागरिकता अवैध घोषणा गरेपछि गृहमन्त्री पद गुमेपछि लामिछाने पुनः सोही पदमा फर्कनका लागि दौडधुपमा रहेका छन् । पार्टीले आधिकारिकरुपमा गृहमन्त्री फेरि पाउनुपर्ने दाबी पेस गरेको छ ।

    यता, राहदानी दुरुपयोगको विषय अनुसन्धानमा नै रहेको बेला लामिछानेले तालुकदार मन्त्रालयमा फर्कन आशक्ति देखाएको भन्दै आलोचनासमेत भइरहेको छ ।