आजको मौसमः पश्चिममा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपात - Chaitanya News
  • 2026-05-01
  • 08:02:50
  • शुक्रबार,बैशाख १८, २०८३
  • आजको मौसमः पश्चिममा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपात

    आजको मौसमः पश्चिममा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपात

    काठमाडौं – देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको सो महाशाखाले जनाएको छ।

    उता रातको समयमा भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ।

    देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाको भनाइ छ।