चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 892 of 1153
  • 2026-11-22
  • 16:13:46
  • आइतबार,मंसिर ०७, २०८३

About Author

उपनिर्वाचनको आचारसंहिता आजदेखि लागु, क–कसलाई लाग्छ?

काठमाडौं- आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागु भएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आजदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागु भएकाे छ। चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ। क–कसलाई लाग्छ आचारसंहिता ? (क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री, (ख) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, (ग) संवैधानिक निकाय र सो निकायका पदाधिकारी, (घ) नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, (ङ) स्थानीय कार्यपालिका र सोका सदस्य, (च) सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, (छ) सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, (ज) सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, (झ) राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, (ञ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति, (ट) राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, (ठ) सार्वजनिक पद धारण गरेको व्यक्ति, (ड) अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, (ढ) पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, (ण) सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, (त) निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, (थ) विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी, (द) मतदाता, (ध) विकास साझेदार संस्था, (न) सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, (प) मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, (फ) निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, (ब) वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार।

News by उपनिर्वाचनको आचारसंहिता आजदेखि लागु, क–कसलाई लाग्छ? :