पैसा लिएर यात्रु ओसार्ने निजी सवारीलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन - Chaitanya News
  • 2026-05-22
  • 16:34:22
  • शुक्रबार,जेठ ०८, २०८३
  • पैसा लिएर यात्रु ओसार्ने निजी सवारीलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

    पैसा लिएर यात्रु ओसार्ने निजी सवारीलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

    काठमाडौँ – गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको छ ।

    मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको हो । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आफूखुसी भाडा तोकेर यात्रु ओसार गर्ने सवारीमाथि कारबाही गर्न गृह मन्त्रालयसँग आग्रह गरेको थियो ।

    महासङ्घले मङ्गलबार आफूखुसी भाडा तोकी देशभर निर्विवाद यात्रु ओसार गर्ने गरेको पाइएको भन्दै त्यस्ता गाडीलाई कारबाहीका लागि सम्बन्धित क्षेत्रलाई निर्देशन दिन आग्रह गरेको थियो ।

    मन्त्रालयको यस्तो निर्देशनपछि एप मार्फत निजी सवारी साधनबाट पैसा लिएर यात्रु बोक्दै आएका पथाओ, इनड्राइभको सेवामा असर पर्ने देखिएको छ । पटक पटक पथाओ र इनड्राइभ जस्ता एपबाट संचालन भएका निजी सवारी साधनले दिएको सेवालाई व्यवस्थित गर्ने विषय उठेपनि सरकारले अहिलेसम्म यसलाई कानुन बनाएर व्यवस्थित गर्न सकेको छैन ।