सेनाले माग्यो द्रूतमार्गका लागि विज्ञसहित १७ कर्मचारी - Chaitanya News
  • 2026-05-22
  • 16:21:09
  • शुक्रबार,जेठ ०८, २०८३
  • सेनाले माग्यो द्रूतमार्गका लागि विज्ञसहित १७ कर्मचारी

    सेनाले माग्यो  द्रूतमार्गका लागि विज्ञसहित १७ कर्मचारी

    काठमाडौं –  काठमाडौं तराई-मधेश द्रूतमार्ग सडक (फास्ट ट्रयाक) आयोजनाका लागि नेपाली सेनाले कर्मचारी मागेको छ ।

    नेपाली सेनाले बिहीबार सूचना जारी गर्दै आयोजनाका लागि केही विज्ञसहित १७ जना कर्मचारीका लागि आवेदन मागेको छ ।

    आयोजनाका लागि हाइवे डिजाइनरदेखि समाजशास्ती, वातावरणविद्, बायो इन्जिनियर र इन्जिनियरलगायतका कर्मचारी मागिएको छ ।

    योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र दर्खास्त दिनेसक्ने छन् । निवेदन आफ्नो बायोडाटासहित इमेल वा भौतिकरुपमा उपस्थित भएर भद्रकालीस्थित आयोजनाको कार्यालयमा दिन सकिने छ ।

    यो जनशक्तिले नेपाली सेनासँग समन्वय गरी योजना र निर्माणलाई समयमै सम्पन्न गर्न भूमिका खेल्नु पर्नेछ ।