चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 853 of 1153
  • 2026-11-22
  • 19:00:35
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रधानमन्त्रीले ठूला भ्रष्टाचारको फाइल खोले समर्थन गर्छौं : राजेन्द्र लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले सरकारले ठूला भ्रष्टाचारका फाइल खोले समर्थन गर्ने बताएका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कदमको प्रशंसा गरेका छन्। पार्टीनिकट महिला संगठनको एकता महाधिवेशनलाई आज (आइतबार) सम्बोधन गर्दै उनले उच्च पदस्थको नाम आइरहे पनि प्रधानमन्त्री रोकिन नहुने बताएका हुन्। सम्बोधनको क्रममा उनले भने,‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । केही मानिस पक्राउ परेका छन् । एकपछि अर्को गर्दै उच्च पदस्थका व्यक्तिहरुको नाम आइरहेका छन्। म सरकारलाई भन्न चाहन्छु यो कारबाही र छानबिनको क्रम जसरी अगाडि बढेको छ। विगतका वाइडबडी काण्ड, ललितानिवास काण्ड, एनसेल काण्डजस्तै सेलाएर जान हुँदैन। देखाउनमात्रै गर्न हुँदैन।’

News by प्रधानमन्त्रीले ठूला भ्रष्टाचारको फाइल खोले समर्थन गर्छौं : राजेन्द्र लिङ्देन :