नेपाली नागरिकता लिएको आरोपमा १२ जना भारतीय नागरिक पक्राउ - Chaitanya News
  • 2026-06-22
  • 19:31:48
  • सोमबार,आषाढ ०८, २०८३
  • नेपाली नागरिकता लिएको आरोपमा १२ जना भारतीय नागरिक पक्राउ

    नेपाली नागरिकता लिएको आरोपमा १२ जना भारतीय नागरिक पक्राउ

    काठमाडौं-  नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।

    घटनाबारे विस्तृत जानकारी दिन उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ ।

    आरोपीहरुसँग भारतीय र नेपाली नागरिकता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पक्राउ परेकाहरु नेपालमा ब्यापार व्यवसाय गर्र्दै आएका थिए ।