प्रहरी हवल्दार लागूऔषध तस्कारीमा संलग्न - Chaitanya News
  • 2026-06-22
  • 19:30:53
  • सोमबार,आषाढ ०८, २०८३
  • प्रहरी हवल्दार लागूऔषध तस्कारीमा संलग्न

    प्रहरी हवल्दार लागूऔषध तस्कारीमा संलग्न

    धनगढी- लागूऔषधको कारोबारमा एक जना सशस्त्र प्रहरीका हवल्दार ओसारपसारमा संलग्न रहेको तथ्य बाहिरीएको छ।

    इलाका प्रहरी कार्यालय टीकापुरले शनिबार भारतीय बजार तिकुनियाँबाट टीकापुर आउँदै गरेका सशस्त्र प्रहरी हवल्दारलाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो। लूगुऔषध खैरो हेरोइनसहित सशस्त्र प्रहरीका हवल्दार प्रेमसिंह सुनारसहित दुई जनालाई टीकापुर प्रहरीले पक्राउ गरेको छ।

    इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले सशस्त्र प्रहरीका हवल्दार सुनारसहित लम्किका सागर घिमिरेलाई खक्रौला नाकाबाट दिउँसो पाँच बजेको समयमा पक्राउ गरेको हो। लम्कीचुहा-२ मोतिपुरका ३३ वर्षीय सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडामा कार्यरत रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले बताए।

    सशस्त्र प्रहरी बलको आइडी नम्बर ४३७३० रहेका सुनार बैशाख १४ गतेदेखि लागु हुने गरी १५ दिनको विदामा आएका बेला हेरोइनसहित पक्राउ परेका हुन्। हवल्दार सुनारसँगै २६ वर्षीय सागर घिमिरेले तिकुनियाँबाट लागूऔषध खैरो हिरोइन ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी कालाकुण्डाले पक्राउ गरेको हो। सुनारले ९ शय १० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन मलद्दारमा लुकाई छिपाई ल्याउँदै गर्दा पक्राउ परेका हुन्।