सुनको मूल्य एक हजारले घट्यो, कतिमा हुँदैछ कारोबार? - Chaitanya News
  • 2026-05-25
  • 14:49:53
  • सोमबार,जेठ ११, २०८३
  • सुनको मूल्य एक हजारले घट्यो, कतिमा हुँदैछ कारोबार?

    सुनको मूल्य एक हजारले घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं- गएको बिहीबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने एक हजार दुई सय रुपैयाँले घटेको छ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ।

    अस्ति बिहीबार तोलामा एक लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको थियो।

    हिजो शनिवार र अस्ति शुक्रवार सार्वजनिक बिदा भएकाले भाउ तोकिएको थिएन।

    आज चाँदीको भाउ भने स्थिर छ। चाँदी आज पनि तोलाको एक हजार चार सय ४५ रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।