काठमाडौं- नवनियुक्त सचिवहरूले शपथ लिएका छन्।
संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभाका सचिवमा सिफारिस दुबै जनाले पद तथा गोपनियताको शपथ लिएका हुन्। संघीय संसद् सचिवालय, सिंहदरबारमा आयोजना हुने एक समारोहबीच पद तथा गोपनियताको शपथ लिन लागेका छन्।
प्रतिनिधि सभाका सचिव पदमप्रसाद पाण्डे र राष्ट्रिय सभाको सचिवमा डा सुरेन्द्र अर्याल नियुक्त गत वैशाख २१ गते नियुक्त भएका थिए। संघीय संसद् सचिवालयमा सहसचिव पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिव पदमा नियुक्त गरेका हुन्।
उनीहरू दुवै जना नेपालको संविधानको धारा १०६ बमोजिम सचिवपदमा नियुक्त भएका हुन्।