चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 649 of 1154
  • 2026-11-23
  • 11:59:23
  • सोमबार,मंसिर ०८, २०८३

About Author

आज स्थगित लोकसेवाको विज्ञापन भोली खुल्ने

काठमाडौं- आज स्थगित लोकसेवा आयोगको विज्ञापन भोली खुल्ने भएको छ। भोली ठूलो संख्यामा सहसचिव र उपसचिवको विज्ञापन खुल्ने भएको हो। लोकसेवा आयोगले नियमित कार्यतालिका अनुसार असोजको अन्तिम बुधबार सहसचिव र उपसचिवको विज्ञापन गर्न लागेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग संख्या लोकसेवा आयोगमा पठाइसकेको छ। सबै सेवा समूहका गरी ८६ जना सहसचिव र २५५ को हाराहारीमा उपसचिवको विज्ञापन गर्न लागिएको हो। प्राप्त विवरण अनुसार सबैभन्दा धेरै नेपाल प्रशासन सेवातर्फ सहसचिव ४२ र उपसचिव १४३ जनाको विज्ञापन हुँदै छ।