शरीरमा पानीको मात्राको कमी हुँदा विभिन्न असरहरू देखा पर्छन्। झन् चिसो मौसममा हामी पानी पिउन कम गर्छौं। तर स्वास्थ्यका लागि भने गर्मी होस् या चिसो, पानी प्रशस्त मात्रामा पिउनुपर्छ।
सास गन्हाउने
हाम्रो ब्यस्त जीवनमा पानी पिउन हामीले भुलिरहेका हुन्छौं। कामको दौरान तपाईंले बोल्दा जब तपाईंका सहकर्मीहरू परपर सर्छन्, अनि मात्रै तपाईंलाई महसुस हुन्छ कि तपाईंले पानी पिउनु भएको छैन र तपाईंको सास गन्हाइरहेको हुन्छ।
शारीरिक क्षमतामा कमी
शरीरमा पानीको मात्रा कम हुनासाथ तपाईंको शारीरिक क्षमतामा कमी आउँछ। शरीरमा पानीको मात्रा केवल २ प्रतिशत कम हुँदा मात्रै शरीरको क्षमता १० प्रतिशतले घट्छ।
सुक्खा छाला
छालालाई स्वस्थ, तन्दुरूस्त र चमकदार राख्नका लागि प्रशस्त पानी पिउनु एकदमै जरूरी हुन्छ। यति मात्रै होइन, छालाबाट पानी बाहिर जान नदिन छालामा मोइस्चराइजरको प्रयोग गर्नु पनि उत्तिकै जरूरी हुन्छ।
ड्राइभिङ क्षमतामा असर
फिजियोलोजी एण्ड विह्याबियर नामक जर्नल प्रकाशित गरिएको एक अनुसन्धान पत्रले शरीरमा पानीको मात्रा कम हुँदा ड्राइभिङमा पूर्ण रूपमा ध्यान दिन नसकी ड्राइभिङ क्षमतामा ह्रास आउने देखाएको छ।
थकान
शरीरमा पानीको मात्रा कम हुँदा रक्तचाप घट्छ, मुटुको धड्कन बढ्छ र मस्तिष्कमा रगत प्रवाह घट्छ। यी सबैले शरीरलाई थकित बनाउँछ। त्यति मात्र नभई पानीको मात्रा कम हुँदा शरीरका मसल्सहरू पनि थकित हुने गर्छन्।
खराब मुड
शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रूपबाट मात्र नभई मानसिक रूपमा पनि पर्छ। जर्नल अफ न्युट्रिसनमा प्रकाशित एक अध्ययनअनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छी हुँने, काममा केन्द्रित हुन नसक्ने र दुःखी रहने गरेको पाइयो।
शरीर चिसो बनाउँछ
रगतमा हुने पानीले शरीरमा तातोपना कायम राखिराख्न र तापक्रम मिलाएर राख्न मद्दत गर्छ। पानीको मात्रा कम हुँदा तातोपानी बाहिर जाने हुँदा शरीर चिसो हुन्छ।
आँखा धमिलो हुने र तिर्मिराउने
पानीको मात्रा कम हुँदा मासंपेशीमा मात्र नभई मस्तिस्कमा पनि रक्तसञ्चार कम हुन्छ। जसले गर्दा आँखाको दृष्टि धमिलो हुने तथा तिर्मिराउने तथा काम गर्ने क्षमतामा ह्रास आउँछ।
टाउको दुखाइ
चिकित्सकहरूका अनुसार पानीको मात्रा शरीरमा कम हुँदा सेरोटोनिनको मात्रा परिवर्तन हुन्छ। जसले टाउको दुख्ने गर्छ। त्यसैले अब जबजब टाउको दुख्छ, एक/दुई गिलास पानी पिउनुस्, सम्भवत टाउको दुखाइ हराएर जान्छ।
कब्जियत गराउँछ
आन्द्रामा पचेका खानाहरू पास हुन शरीरमा पानीको जरूरी हुन्छ। तपाईंले यदि कम पानी पिउनुभएको छ भने आन्द्रामा भएका वस्तुबाट पानी शरीरमा तानिन्छ र पचेको खानामा कडा हुन्छ। जसले गर्दा कब्जियत गराउँछ।