इजरायलस्थित नेपाली दूतावासले भन्योः विपिनको खोजी जारी छ - Chaitanya News
  • 2026-11-21
  • 19:12:44
  • शनिबार,मंसिर ०६, २०८३
  • इजरायलस्थित नेपाली दूतावासले भन्योः विपिनको खोजी जारी छ

    इजरायलस्थित नेपाली दूतावासले भन्योः विपिनको खोजी जारी छ

     

    इजरायलस्थित नेपाली दूतावासले हमास समूहको आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको खोजी जारी राखेको छ ।

    दूतावासले आक्रमणपछि सकुशल उद्धार गरिएका उनीसँगै बस्दै आएका एक विद्यार्थीलाई साथमा लगेर विभिन्न अस्पतालमा खोजी गरिरहेको छ । दूतावासले बुधबार परराष्ट्र मन्त्रालयलाई अस्पतालहरूमा खोजी गर्दा विपिन घाइते अवस्थामा फेला नपरेको र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ ।

    ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ अन्तिम साता विपिन इजरायल गएका थिए । उनीसँगै इजरायल गएका अन्य १० नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा परी मृत्यु भइसकेको छ ।