लोकसेवाले आज प्रकाशन गर्ने भनेको विज्ञापन रोकियो - Chaitanya News
  • 2026-11-19
  • 08:47:44
  • बिहिबार,मंसिर ०४, २०८३
  • लोकसेवाले आज प्रकाशन गर्ने भनेको विज्ञापन रोकियो

    लोकसेवाले आज प्रकाशन गर्ने भनेको विज्ञापन रोकियो

    काठमाडौं- लोकसेवा आयोगले आज प्रकाशन गर्ने भनिएको विज्ञापन स्थगन गरिएको छ।

    एक सूचना जारी गर्दै आयोगले वार्षिक कार्यतालिका अनुसार २०८०/८१ अनुसार आज प्रकाशन गर्नुपर्ने विज्ञापन विशेषा कारणले प्रकाशन नगरिएको आयोगले जनाएको छ।

    आज ठूलो सङ्ख्यामा सहसचिव र उपसचिवको विज्ञापन हुँने बताइएको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग संख्या लोकसेवा आयोगमा पठाई सकेको थियो।

    सबै सेवा समूहका गरी ८६ जना सहसचिव र २५५ को हाराहारीमा उपसचिवको विज्ञापन गरिने बताइएको थियो।

    May be an image of text