आज स्थगित लोकसेवाको विज्ञापन भोली खुल्ने - Chaitanya News
  • 2026-11-19
  • 08:48:00
  • बिहिबार,मंसिर ०४, २०८३
  • आज स्थगित लोकसेवाको विज्ञापन भोली खुल्ने

    आज स्थगित लोकसेवाको विज्ञापन भोली खुल्ने

    काठमाडौं- आज स्थगित लोकसेवा आयोगको विज्ञापन भोली खुल्ने भएको छ।

    भोली ठूलो संख्यामा सहसचिव र उपसचिवको विज्ञापन खुल्ने भएको हो।

    लोकसेवा आयोगले नियमित कार्यतालिका अनुसार असोजको अन्तिम बुधबार सहसचिव र उपसचिवको विज्ञापन गर्न लागेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग संख्या लोकसेवा आयोगमा पठाइसकेको छ।

    सबै सेवा समूहका गरी ८६ जना सहसचिव र २५५ को हाराहारीमा उपसचिवको विज्ञापन गर्न लागिएको हो। प्राप्त विवरण अनुसार सबैभन्दा धेरै नेपाल प्रशासन सेवातर्फ सहसचिव ४२ र उपसचिव १४३ जनाको विज्ञापन हुँदै छ।