इजरायलको लागि आज उड्ने विमानले शव नल्याउने  - Chaitanya News
  • 2026-11-21
  • 19:12:48
  • शनिबार,मंसिर ०६, २०८३
  • इजरायलको लागि आज उड्ने विमानले शव नल्याउने 

    इजरायलको लागि आज उड्ने विमानले शव नल्याउने 

    इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव नेपाल ल्याउन समय लाग्ने भएको छ ।

    बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायलमा ज्यान गुमाएका १० नेपालीको शव स्वदेश ल्याउन समय लाग्ने बताएकी हुन् । उनका अनुसार १० विद्यार्थीको शव मंगलबार राति इजरायल जाने नेपाल एयरलाइन्सको विमानले नेपाल ल्याउने छैन ।

    इजरायल सरकारले हस्तान्तरण गर्नुपर्ने भएकाले शव नेपाल ल्याउन केही समय लाग्ने प्रवक्ता लम्सालले बताइन् । ’शव इजरायल सरकारले नेपाललाई हस्तान्तरण गर्नुपर्छ । त्यहाँको प्रोटोकल छुट्टै हुने भएकाले नेपाल एयरलाइन्सको विमानले शव ल्याउँदैन,’उनले भनिन्, ’परिवारजनले ठूलो अन्डरस्ट्यान्डिङ राख्नुपर्ने हुन्छ । त्यो राख्न अनुरोध गर्छौँ ।’