चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1082 of 1101
  • 2026-10-05
  • 09:45:13
  • सोमबार,आश्विन १९, २०८३

About Author

चाबहिल–साँखु सडकखण्ड मर्मतको माग गर्दै स्थानीयले गरे सडक अवरुद्ध

काठमाडौं– चाबहिल–साँखु सडक खण्डको थलीमा बाटो मर्मतको माग गर्दै स्थानीयले आज बिहानैदेखि बाटो अवरुद्ध गराएका छन्। घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै आज बिहान ८ बजेदेखि सडक अवरुद्ध पारेका हुन् । उनीहरुले सडकमा बाँसका भाटा तेर्स्याएका छन्। स्थानीय निश्चल नेपालका अनुसार स्थानीय व्यवसायीहरुले एम्बुलेन्स र स्कुलका बसबाहेक अरु सबै सवारी साधनलाई आउ–जाउ गर्न रोक लगाएका छन्। थली खण्डको करिब ८०० मिटर बाटो पिच हुन बाँकी छ। २०७७ सालदेखि नै त्यहाँका स्थानीयले बाटो पिच गर्न माग गर्दै संघर्षका कार्यक्रम गर्दै आएका छन्। तर उनीहरुको माग सम्बोधन भएको छैन। यसअघि २०७८ चैत १० मा पनि उनीहरुले बाटो अवरुद्ध पारेका थिए। सो क्षेत्रबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित एमाले नेता रामेश्वर फुयाँललाई घेरा हालेर बाटो पिच गर्न दबाब दिएका थिए। उनले भोलि नै ठेकदारलाई बाटो पिच गर्न लगाउने भनेपछि स्थानीय पछि हटेका थिए। तर अहिलेसम्म बाटो पिच नभएपछि स्थानीयले पुनः बाटो बन्द गराएका हुन्।

News by चाबहिल–साँखु सडकखण्ड मर्मतको माग गर्दै स्थानीयले गरे सडक अवरुद्ध :