प्रदीप गिरीको निधनबाट नयाँ समाजवादी धारको विकासमा क्षति पुग्यो : अध्यक्ष भट्टराई - Chaitanya News
  • 2026-06-04
  • 18:17:29
  • बिहिबार,जेठ २१, २०८३
  • प्रदीप गिरीको निधनबाट नयाँ समाजवादी धारको विकासमा क्षति पुग्यो : अध्यक्ष भट्टराई

    प्रदीप गिरीको निधनबाट नयाँ समाजवादी धारको विकासमा क्षति पुग्यो : अध्यक्ष भट्टराई

    काठमाडौँ– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट नयाँ समाजवादी धारको विकासमा ठूलो क्षति पुगेको बताएका छन्।

    पैतालीस वर्ष निरन्तर गिरीसँगको गहन बौद्धिक विमर्शले आफूलाई ठूलो ऊर्जा प्रदान गर्ने गरेको स्मरण गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले गिरीको निधनमा निःशब्द रहेको जनाएका छन्।

    “नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई उहाँको निधनले ठूलो क्षति पुगेको छ”, अध्यक्ष भट्टराईले भनेका छन्। उनले गिरीप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना प्रकट गरेका छन्।