प्रजातान्त्रिक समाजवादको व्याख्या गर्ने व्यक्ति गुमायौं : कोइराला - Chaitanya News
  • 2026-04-20
  • 17:54:43
  • सोमबार,बैशाख ०७, २०८३
  • प्रजातान्त्रिक समाजवादको व्याख्या गर्ने व्यक्ति गुमायौं : कोइराला

    प्रजातान्त्रिक समाजवादको व्याख्या गर्ने व्यक्ति गुमायौं : कोइराला

    काठमाडौं– नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले देशले प्रजातान्त्रिक समाजवादको व्याख्या गर्ने व्यक्ति गुमाएको बताएका छन्।

    समाजवादी चिन्तक तथा कांग्रेस नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुगेका कोइरालाले बीपीले कल्पना गरेको समाजवादको व्याख्या गर्नसक्ने व्यक्ति गिरि मात्रै भएको बताए।

    ‘प्रजातान्त्रिक समाजवादको व्याख्या गर्ने व्यक्ति हामीले गुमायौं’ उनले भने, ‘बीपीले कल्पना गरेको कुरालाई राम्रोसँग प्रदीप दाइले व्याख्या गर्नुहुन्थ्यो। प्रदीप दाइबाहेक मैले एउटा पनि व्यक्ति देखेको छैन।

    अहिले कांग्रेस पार्टी पनि प्रजातान्त्रिक समाजवादको बाटोमा केही चुकेको उनले बताए। ‘कांग्रेस यो बाटोमा कताकता चुकेको हो कि जस्तो लाग्छ। अब फेरि सुरु गर्नुपर्छ।