चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1062 of 1107
  • 2026-10-07
  • 19:28:16
  • बुधबार,आश्विन २१, २०८३

About Author

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी टुर कार्यदल गठन

काठमाडौं– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ्ग ट्रफी टुर कार्यदल गठन भएको छ। हिजो मंगलबार बसेको नवौं राष्ट्रिय खेलकुदको कार्यकारी समितिको निर्णयअनुसार ओलम्पियन एवं दक्षिण एसियाली खेलकुदका किर्तिमानी दीपक विष्टको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा पारस खड्का (पूर्व क्रिकेट कप्तान), दीपक श्रेष्ठ (अध्यक्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एवं साग पदकधारी), अरुणा शाही (कप्तान महिला भलिबल) र मिरा राई (अल्ट्रा म्याराथन धावक) सदस्य रहेका छन्। यही भाद्र ३१ गते राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवाबाट उक्त ट्रफी सार्वजनिक गरिने राखेपले जानकारी दिएको छ। त्यस्तै, ट्रफी सुदूरपश्चिमबाट सुरु गरी सातै प्रदेशका साथै तीन विभागीय टोलीमा पुर्‍याइने ओलम्पियन्स संघका अध्यक्ष समेत रहेका विष्टले जानकारी गराए। नवौं राष्ट्रिय खेलकुद असोज २८ बाट गण्डकी प्रदेशमा सुरु हुने तय भएको छ।  

News by नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी टुर कार्यदल गठन :