चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1056 of 1111
  • 2026-10-09
  • 23:36:34
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

सेयर बजार दोहोरो अंकको वृद्धि, ६६ करोडमा कारोबार

काठमाडौं– आज नेप्से ०.८८ प्रतिशतले बढेर १८३१.०५ बिन्दुमा पुगेर बन्द भएको छ। यस दिन २२९ वटा धितोपत्रको ६६ करोड ३० लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्से परिसूचक बढेपनि आज कारोबार रकम भने घटेको छ। आइतबार १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँ बराबरको कारोबार भएको थियो। मंगलबार सामुदायिक लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर ९.९७ प्रतिशतले वृद्धि भएर एक हजार ३०५ रुपैयाँ ९० पैसामा बन्द भएको छ। त्यस्तै, अभियान लघुवित्तको सेयर मूल्य ६.०७ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य ३६८ रुपैयाँ ७० पैसा पुगेको छ। यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा गरिमा डिवेञ्चर २०८५ रहेको छ। सो डिवेञ्चरको मूल्य १० प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ८१० रुपैयाँ ९० पैसामा झरेको छ। त्यस्तै, इबिएल डिवेञ्चर २०८६ को मूल्य ५.८८ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ९४१ रुपैयाँ २० पैसा कायम भएको छ। यस दिन सर्वाधिक सेयर खरिद–बिक्री रिडी पावर कम्पनीको भएको छ। कम्पनीको २ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ०.४१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४८६ रुपैयाँ कायम भएको छ। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेको छ। उक्त बैंकको ७७० रुपैयाँमा २ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.२८ प्रतिशत, होटल्स तथा पर्यटन समूहको परिसूचक ०।९ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक ०.२७ प्रतिशतले घटेको छ बाँकी सबै समूहको परिसूचक बढेको छ। यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशतले बढेको छ। दोस्रोमा विकास बैंक समूहको परिसूचक १.२२ प्रतिशतले बढेको छ।

News by सेयर बजार दोहोरो अंकको वृद्धि, ६६ करोडमा कारोबार :