आसक्तिले दुःखी बनाउँछ - Chaitanya News
  • 2026-04-18
  • 03:08:11
  • शुक्रबार,बैशाख ०४, २०८३
  • ‘तव तत्त्वं न जानामि कीदृशोऽसि महेश्वर।
    यादृशोसि महादेव तादृशाय नमो नमः।।’

    अर्थात्- हे महेश्वर! तिम्रो तत्त्व, मूल स्वरूप के कस्तो हो ? मलाई केही थाहा छैन तर तिमी जे जस्ता छौ, त्यही स्वरूपमै तिमीलाई हार्दिक नमस्कार छ।

    हामी गुरु गोरखनाथका दिव्य वाणीको अनुस्मरण गरिरहेका छौँ। ती दिव्य वाणीहरू विज्ञानसिद्ध छन्, ज्ञानविज्ञानको पुञ्जको रूपमा रहेका छन्। हरेक तह, क्षेत्र, सम्प्रदाय, धर्मका व्यक्तिहरूका लागि महाऔषधि हुन सक्छन्। यसको पान गरेपछि त्रितापबाट मुक्ति मिल्छ, हाम्रो जीवन सुखमय बन्छ। आज हामीले बाटो हराएका र बिराएका छौँ। We have forgotten our life map. while we are travelling we need a road map. without road map we can’t travel, similarly without a life map we can,t awaken ourselves, without life map we can’t cultivate ourselves. धेरै मानिसहरूलाई आफ्नो जीवनको life map के हो? कहाँ जाने? कसरी जाने? कहिले जाने हो ? त्यहाँ जाने बेलामा आउने समस्याहरू, उतार चढावहरूसँग कसरी सन्तुलन गर्ने हो? कसरी पार पाउने हो? थाहा छैन। हामी अलमलिएका छौँ। यी सबै विषयका लागि सद्गुरुहरूको वाणी स्मरण गर्नुपर्दछ। त्यही भएर हाम्रो शास्त्रले ज्यादै राम्रो कुरा भनेको छ महाभारतमा-

    ‘तर्कोऽप्रतिष्ठः श्रुतयो विभिन्नाः, नैको मुनिर्यस्य वचः प्रमाणम्।
    धर्मस्य तत्त्वं निहितं गुहायाम्, महाजनो येन गतः सः पन्था।।’

    अर्थात्- श्रुति विभिन्न छन्। मुनिहरूका वचन र तर्कले प्रमाणित नहुने कुराहरू पनि अनेकौँ छन्। किनभने धर्मको तत्त्व, गुहामा, रहस्यमा, अन्तस्करणमा छ। त्यसैले महापुरुष जुन मार्गबाट गए, वास्तविक बाटो त्यही नै हो। त्यसैको अनुसरण गरौँ।

    महापुरुषहरू जता गए उही मार्ग हो भन्ने यस भनाइलाई विचार गरौँ। महापुरुष को हो त? प्रश्न यहीँ छ। तपाइलाई जसले यो संसार दिनुभयो, जसले आज यति कुरा सुन्न योग्य बनाउनुभयो, त्यो भन्दा ठूलो महापुरुष तपाइका लागि अरु को हुन सक्छ ? तपाइका मातापिता र गुरु नै तपाइका महापुरुष हुन्। उनीहरूले कहिल्यै नराम्रो बाटो देखाउँदैनन्। आज्ञाकारी हुनुहोस्, जीवन सुध्रिन्छ। याद गर्नुहोस्, तपाईंले गरेका असल कामको श्रेय तपाईका मातापिता र गुरुलाई जान्छ। नराम्रा कामको दोष कसलाई दिने? विचार गर्नुहोस्। आफूले खराब काम गरेर मातापिता र गुरुलाई कदापि दोषी नबनाऔँ।

    हामीले त्यही मार्गको अवलम्बन, अनुसरण गर्ने हो, जुन मार्गमा हाम्रा महाजनहरू, श्रेष्ठजनहरू, सिद्ध पुरुषहरू, अवतारी पुरुषहरू हिँडे। उही मार्ग लिनु हितकारी हुन्छ। गुरु गोरखनाथ अवतारी पुरुष हुनुहुन्छ। गुरु गोरखनाथ कुनै इतिहास, किंवदन्ती, कुनै पौराणिक कल्पना होइन; यो एक सत्य इतिहास हो। गुरु गोरखनाथद्वारा विरचित विवेकमार्तण्ड, सिद्धसिद्धान्तपद्धति, अमरोघप्रबोध, योगबीजम् आदि अनेकौँ ग्रन्थहरू अद्यावाधि उपलब्ध छन्। ती ग्रन्थहरूले समग्रमा योगदर्शन, पूर्वीय दर्शनको अत्यधिक सुन्दर व्याख्या गरेका छन्। त्यसमा पनि यी सुन्दर र अति दुर्लभ ग्रन्थहरूले योग, अध्यात्मको विषयमा यस्ता गहन कुराहरूको विश्लेषण गरेका छन्, जुन मानव मात्रका लागि प्राणदायी छन्-

    ‘अहनिसि मन लै उनमन रहै, गम की छोडि अग की कहै।
    छाडे आशा रहे निरास, कहै ब्रम्हा हुँ ताका दास।।’

    अर्थात्- मनमा पीर नलिइकन अगाडिको कुरा गर्दै, अग्रगामी बन्दै, मनलाई रातदिन उच्च बनाउने प्रयास गरौँ, तल जान नदिऔँ। आशा र आसक्ति त्यागेर आशारहित हुँदै उन्मनी साधना गरौँ।

    हाम्रो मनलाई हामीले जहिल्यै पनि माथि उठाउनुपर्छ, तलतिर जान दिनु हुँदैन। तर कहिलेकाहीँ हाम्रो मन उठ्छ, एकछिन जाग्छ तर एकछिनले पुग्दैन। अहनिशी अर्थात् अहोरात्र जाग्नुपर्छ। यदि हामी जीवनमा साँच्चिकै प्रगति गर्न चाहन्छौं भने We have to be positive, awakened all the time.

    तपाइको मन विचलित हुन्छ, काम, क्रोध वासनामा फस्छ। अरुको प्रगति सुनेपछि मन खिन्न हुन्छ। अरुको राम्रो कुरा सुनेपछि तपाइको टाउको दुख्छ। आज तपाइलाई कार्यालयमा गएर राम्रो काम गर्न मन लाग्छ तर भोलि लाग्दैन। आज कसैको प्रशंसा गरेर थाक्नुहुन्न तर फेरि भोलि उसलाई सुन्न, हेर्न पनि चाहनुहुन्न। कसैले नराम्रो वचन बोल्यो भने आज सहन तयार हुनुहुन्छ तर भोलि सहनुहुन्न। छिन- छिनमा तपाइको मन परिवर्तनशील छ, मनको वृत्ति साह्रै चञ्चल छ। एकछिनमा प्रसन्न, एकै छिनमा खिन्न। एकैछिनमा माथि जान्छ, एकै छिनमा तल जान्छ। मनलाई माथि उठाउनु पर्छ। योगको भाषामा कुण्डलिनी जागरण भनेको त्यही हो। त्यही मूलाधार चक्रबाट उठ्छ। त्यो शक्तिलाई जगाउनु भनेको नै उन्मनीकरण हो। अर्थात् उन्मनी भव Be all the time happy. Be all the time positive. Have all the time Special awareness, peacefullness, forgiveness.

    हाम्रो स्वभाव विचित्रको छ। कहिलेकाहीँ यस्तो स्वभाव देखाउने गर्छौँ कि आफैलाई पनि थाहा हुँदैन। अर्थात् आफैलाई चिन्न सक्दैनौँ। म यो हुँ कि त्यो हुँ? अरुको बारेमा हामी खूब टिकाटिप्पणी गर्छौं। फलानो यस्तो, उस्तो, कस्तो, रिसाहा, फटाहा, लोभी, कन्जुस, कस्तो नकारात्मक, बढी बोल्ने, चाकडी गर्ने आदि भन्छौँ। यति भनिरहँदा आफ्नो बारेमा पनि सोच्नुहोस् त? तपाईं आफ्नो साक्षी आफै हो। तपाइको मन अरुको प्रगति देखेर कतिपटक जलेको छ? कर्तव्य निर्वाह गर्नुपर्ने बेलामा कति पटक डराएको छ? अनावश्यक रूपमा कति वासना, चाहना जाग्यो ? कति क्रोध, अहङ्कार जाग्यो? कति पटक मन विक्षिप्त, विचलित भयो? तपाईंलाई थाहा छ? सोच्नका लागि मनलाई कुनै कुराले छेक्दैन, अभावले छेक्दैन। बिहान, बेलुका, रात कुनै समयले छेक्तैन; मन निर्बाध छ। त्यसलाई कस्ता विषयमा सोच्न लगाउने? त्यो तपाईंको हातमा छ। आफ्नो उन्नति होस् भन्ने चाहना छ भने असल कुराको चिन्तनमा लाग्नुहोस्, गम्भीर बन्नुहोस्, चिन्तन गर्नुहोस्, साक्षी भावले हेर्नुहोस्। आफैँलाई च्भधष्लम ब्लम एबिथ गर्दै हेर्नुहोस्। Be all the time happy. Be all the time positive. Have all the time Special awareness, peacefullness, forgiveness. हामीलाई भाग्नु छ, कुद्नु छ, दुनियाँलाई जित्नु छ, नाटक, नौटङ्की गरेर आफैलाई राम्रो वा राम्री भनेर मिथ्या प्रदर्शन गर्नुछ। त्यसैले आफुलाई आसक्तिबाट जोगाउने प्रयत्न गरौँ। जब हामी जाग्छौँ, अग्रगामी प्रगतिको, सृजनाको चिन्तन गर्छौं, संसारलाई आफ्नो अँगालोमा, अङ्कमाल गर्न प्रयत्न गर्छौं, दुनियाँलाई क्षमा दिने कुरा गर्छौं, तब मात्र हामी चेतनाको यात्रामा अग्रसर हुन्छौँ। चेतनाको उच्चतम स्थितिमा पुगेपछि त देवताहरू समेत सबै प्रसन्न हुन्छन्। ‘भक्त कें वश में हैं भगवान्।’ भने जस्तै ‘कहै ब्रम्हा हुँ ताका दास’ भन्ने अवस्था समेत सृजित हुन्छ।

    जबसम्म हाम्रो मन जाग्दैन तबसम्म मन सकारात्मक रूपमा परिवर्तन हुन सक्दैन। त्यसैले भनिन्छ :-
    मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः।

    बन्धाय विषयासक्तं मुक्त्यै निर्विषयं स्मृतम्।। ब्रह्मबिन्दूपनिषद्
    अर्थात्- मन नै सबै मनुष्यको बन्धन र मोक्षको कारण हो। विषयमा आसक्त मन बन्धनको र कामनाको सङ्कल्परहित मन मोक्षको कारण हो-

    ‘मनले नै बन्धन मनले नै मुक्ति, भित्रै अनन्त जीवनको शक्ति।
    मनमै रमाउने मनमै हराउने, मनले नै शत्रु र मित्र बनाउने।।’

    जब हामी जाग्छौँ तब समस्या भाग्छन्। No Depression, No Stress, No Tension तर आज दुनियाँको समस्या त्यही हो। अमेरिका, युरोप जस्ता विकसित भनिने देशमा मानिस बिना औषधि सुत्न सक्दैनन्। आज विज्ञानले के सिद्ध गरिदियो भने मानवको रोगको मूल कारण भनेको चिन्ता नै हो। त्जभ The Main reason For Disease Is Only Stress. So How To Have Stress Free Life? यदि तपाईंको जीवनमा तनाव छ भने रोगहरूलाई बोलाउँदै हुनुहुन्छ। त्यही तनावको कारणले विभिन्न रोग लाग्छन्। त्यसैले तपाईंको असन्तुलित मनलाई जगाउने दिव्य कर्म गर्नुहोस्। धेरै आसक्ति नगर्नुहोस्। उसले मलाई हेरिदेला, मेरो बोली सुनिदेला, मेरो काम गरिदेला आदि-आदि आशा नगरौँ। जहाँ तपाईंको कामना, चाहना छ त्यहाँ तपाईंको जीवनमा कष्ट छ। संसारमा सबैको जीवनमा केही न केही समस्या चलिरहेको छ भने हामी अरुसँग किन अनावश्यक अपेक्षा गर्ने? No Attachment At All.

    श्रीमद्भगवद्गीतामा भक्ति, ज्ञान र कर्मको सुन्दर विवेचना छ भन्ने सबैलाई थाहा छ। सबैले आ-आफ्नो कर्म गर्नु त छँदै छ। प्रकृतिले मानिसलाई कर्मशील जीवन नै दिएको छ। निस्वार्थ र निर्लोभ मनले कर्म गर्दा जीवन कहिल्यै दुःखी हुँदैन भनिएको छ-

    तस्मादसक्तः सततं कार्यं कर्म समाचर।
    असक्तो ह्याचरन् कर्म परमाप्नोति पुरुषः।। गीता अध्याय ३/१९

    अर्थात्- आसक्तिरहित भएर कर्ममा लगनशील हुने मानिसले परम शान्ति प्राप्त गर्छ। त्यसैले सधैँ आसक्तिरहित भएर कर्म गरिराखौँ। स्वार्थ र लोभले आसक्ति जागृत गराउँछ। यी दुई नै आसक्तिका मुख्य स्रोत हुन् र उन्नतिमा बाधा पार्ने पनि। त्यसैले यिनलाई शत्रु मानिएको छ। आफ्नो मनको निगरानी आफैले गर्ने हो। हामी निरन्तर आसक्तिरहित भएर कर्तव्य पूरा गर्ने कर्म गर्नुपर्छ किनकि आसक्तिरहित कर्मले नै परमात्माको प्राप्ति हुन्छ। Do Your Duties Very Sincerely. Perform Your Activities Very Perfectly, But Please Have No Any Attachment. आसक्ति नहुनु तर कर्ममा निरन्तर लागिरहनु नै मानिसको खुशीको मुख्य आधार हो। त्यसका लागि भनिएको छ-

    अनाश्रितः कर्मफलं कार्यं कर्म करोति यः।
    स संन्यासी च योगी च न निरग्निर्न चाक्रियः।। गीता अध्याय ६/१

    अर्थात्- जो मानिस कर्मफलको आशा नगरी उपयुक्त कर्म गर्छ उही सन्यासी वा योगी हो। तर जो केवल अग्नि क्रिया र कर्म त्याग्छ, त्यो योगी होइन।

    आशाले कर्महीनता बढाउँछ भने लोभले मन दूषित गराउँछ। दस मिनेट हिंड्दा घर पुगिने बाटोमा गाडी पर्खेर घन्टा बिताउँछौँ। यो एउटा अति सानो आसक्ति र अल्छीपनको उदाहरण हो। यसबाट आफ्नो कति हित भयो? कति अहित भयो ? आफै विचार गर्न सक्छौँ। तसर्थ हामीले अरुसँग आशा नगरौँ। जताततै आशाको खेल छ। श्रीमतीले श्रीमानसँग, श्रीमानले श्रीमतीसँग, दाइले भाइसँग, भाइले दाइसँग, यसले उससँग, उसले उससँग आदि-आदि। हामी कसैसँग आश्रित हुने होइन, अनाश्रित हुने हो। आफूलाई बलवान्, सामथ्र्यवान् बनाउने हो। आफूलाई भित्रैदेखि जागृत र सशक्त गराउने प्रयास गर्ने हो। जबसम्म हामी आश्रित बन्छौँ, हाम्रो ध्येय तबसम्म पूर्ति हुँदैन।

    आवश्यकता भन्दा धेरै आशा गरियो भने ‘किन रुन्छ्स् मङ्गले? आफ्नै ढङ्गले’ भने जस्तो हुन्छ। आफ्नो घरको निर्वाह हुने अवस्थामा पनि सरकारी राहत पाइयो भन्दैमा झोला थाप्न पुग्ने मानिसलाई हामीले देखेका छौँ जबकि अर्को ठाउँमा त्यस्तै मानिस भोकै रहेको हुन्छ। त्यो लोभ हो। भोकाका मुखको गाँस खोस्नु अपराध हो। लोभको परिणाम अपराध वा पाप हो। त्यसैले आसक्तिलाई त्यागौँ र जीवनलाई सुखमय बनाउन दिव्य कर्म गरौँ। यी माथिका वचन कति सुन्दर र व्यावहारिक छन्। हामी सोच्छौँ, दर्शन भनेको मरेपछिको कुरा हो। दर्शन भनेको बुढेसकालमा चाहिने हो, दर्शन भनेको पण्डित, साधु, सन्तलाई चाहिने हो। अथवा जीवनमा व्यावसायिक रूपमा, सामाजिक रूपमा प्रतिस्पर्धामा हारेका मानिसहरूका लागि हो। वास्तवमा त्यस्तो होइन। दर्शन, ज्ञान र गुरु गोरखनाथका दिव्य वाणी त मानव जीवनलाई सुखमय बनाउन तपाईं हामी सबैलाई चाहिने मूल तत्त्व हो।

    जीवनमा समस्या पनि आइरहन्छन्, चुनौती पनि आइरहन्छन्, सुख दुःखको खेल पनि चलिरहन्छ, शत्रु मित्रको नाटक पनि चलिरहन्छ, जय पराजयको क्रम पनि चलिरहन्छ, लाभ हानिको व्यापार पनि चलिरहन्छ किनकि वास्तवमा जीवन भनेको यही हो। यहाँ एकस्थिति हुँदैन, एकावस्था हुँदैन, एक रूप हुँदैन र उही गति हुँदैन। जीवन क्रममा त्यस्तो चाहनु भनेको आफुलाई आफै दुःख दिनु मात्रै हो। तर उन्मनी भावले, अनासक्त भावले चिन्तन र व्यवहार गर्न सक्यौं भने जीवनका यी उकाली ओरालीले पनि, विविधताले पनि हामीलाई विचलित बनाउन सक्दैनन्। मूल बुझनुपर्ने विषय त मन हो, सम्हाल्नु पर्ने विषय त मन हो, जित्नुपर्ने विषय त मन हो तर हामी त संसारलाई बुझने, सम्हाल्ने, जित्ने प्रयास पो गरिरहेका छौँ। पश्चिमतिर फर्केर कहिले सूर्य उदाउला? भनी हेरिरहेका छौँ? मनको समस्या नबुझेर संसारको समस्यासँग जुधिरहेका छौँ। मनको गति न सम्हालेर दुनियाँ सम्हाल्ने मूर्खता गरिरहेका छौँ। त्यसैले गुरु गोरखनाथ भन्नुहुन्छ:- ‘उन्मनी भव।’