मनास्लु हिउँ पहिरो अपडेट : घाइते १२ जनाको उद्धार - Chaitanya News
  • 2026-06-02
  • 21:54:03
  • मंगलबार,जेठ १९, २०८३
  • मनास्लु हिउँ पहिरो अपडेट : घाइते १२ जनाको उद्धार

    मनास्लु हिउँ पहिरो अपडेट : घाइते १२ जनाको उद्धार

    काठमाडौं- मनास्लु हिउँ पहिरोमा परेर घाइते भएका १२ जनाको उद्धार गरिएको छ। सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए।

    सोमबार २ जना घाइतेलाई उद्धार गरेर काठमाडौं ल्याइएकोमा मंगलबार थप ९ जना घाइतेको उद्धार गरिएको हो।

    मनास्लुको तेस्रो बेस क्याम्पबाट चौथो बेशक्याम्पमा जाने क्रममा सोमबार दिउँसो हिउँ पहिरो खस्दा १२ जना घाइते भएका थिए।

    घाइतेमध्ये एक जनाको मृत्यु भएको थियो। सात जना घाइतेलाई आज काठमाडौं ल्याइएको छ। उनीहरूलाई कपनस्थित कोरोना अस्पताल लगिएको उनले बताए।

    एउटा शव हिम पहिरोस्थलबाट तल सामागाउँमा झार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।