चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1054 of 1111
  • 2026-10-09
  • 22:44:53
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

पूर्व मन्त्रीसमेत रहेका माओवादी उम्मेदवार भन्छन्- महंगो चुनाव लड्दैन

काठमाडौं- पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले ४ मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका उनले चुनाव महंगो भएकाले आफू उम्मेदार बन्न नसक्ने बताएका हुन् । यादवलाई नेकपा माओवादी केन्द्रले सर्लाही–३ बाट सिफारिस गरेको थियो । तर, उनले अहिलेको चुनाव महंगो भएको बताउँदै आफ्नो अवस्था चुनाव लड्न सक्ने नभएको बताए । ‘चुनाव खाली लडेर मात्रै जित्न पनि सक्नुपर्‍यो । जित्नका लागि आवश्यक जे जे तत्व चाहिन्छ, त्यसको अभाव भएकाले मैले नउठ्ने निर्णय लिएँ,’ उनी भन्छन् । उनले पार्टीका उम्मेदवारलाई सहयोग गर्ने बताए । यादवले २०७४ मा सर्लाही–३ बाट प्रतिनिधिसभाको चुनाव जितेका थिए । यादव नेपाल सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम, लोकतान्त्तिक फोरम हुँदै २०७४ सालको स्थानीय तह चुनावअघि माओवादी केन्द्रमा प्रवेश गरेका थिए । २०७६ मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका यादव २०४८ मा राष्ट्रियसभा सदस्य बनेका थिए । २०७० मा समानुपातिक सांसद बनेका उनी २०५२ सालमै कानून मन्त्री बनेका थिए ।

News by पूर्व मन्त्रीसमेत रहेका माओवादी उम्मेदवार भन्छन्- महंगो चुनाव लड्दैन :