चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1047 of 1111
  • 2026-10-10
  • 04:49:07
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

अध्यक्ष ओली पुगे आफ्नो गृहजिल्ला झापामा

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन्। अध्यक्ष ओली दशैँ मनाउन पत्नी राधिका शाक्यसहित झापा पुगेका हुन्। अध्यक्ष ओलीले मंगलबार झापामा दशैँ तिहार, छठ लगायतका पर्वहरूको अवसर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन्। अध्यक्ष ओलीले यसपालिको टिक झापा मै ग्रहण गर्ने कार्यक्रम छ। झापाको भद्रपुर नगरपालिकास्थित पृथ्वीनगरमा टिकाको शुभसाइतमा बुबा मोहनप्रसाद ओलीको हातबाट अध्यक्ष ओलीले टिका ग्रहण गर्ने कार्यक्रम छ। त्यसैदिन अध्यक्ष ओली काठमाडौं फर्कने बताइएको छ।  

News by अध्यक्ष ओली पुगे आफ्नो गृहजिल्ला झापामा :