चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 268 of 1161
  • 2026-11-26
  • 11:48:29
  • बिहिबार,मंसिर ११, २०८३

About Author

आजको मौसम: देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– आज देशका विभिन्न भू–भागको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ। यस्तै, कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। आज राति देशको हिमाली भू–भागमा साधारणतया, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

News by आजको मौसम: देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना :